FAQs Complain Problems

संक्षिप्त परिचय

तत्कालिन गुलरिया मथुराहरद्वार, साबिक माेहम्मदपुर गा.बि.स. र खैरापुर गाविस लाई मिलाएर वि.स. २०७३ सालमा गुलरिया नगरपालिकाको घोषणा भएको हो| कुल घरपरिवार संख्या 13831 रहेको यस न. पा मा कुल जनसंख्या 71991 रहेको छ जस मध्ये 36972 पुरुष र 35019 महिला रहेका छन् | गुलरिया नगरपालिका तराई क्षेत्रमा पर्दछ र समुन्द्र सतह देखि १४५ मि उचाईमा रहेको छ | यो नगरपालिका लुम्बिनी प्रदेश स्थित बर्दिया जिल्ला मा पर्दछ|

सिमाना
पूर्व : बढैयाताल गाउँपालिका
पश्चिम : मधुवन नगरपालिका
उत्तर : बाराबर्दिया नगरपालिका
दक्षिण : भारतको उत्तर प्रदेश (बहराईच जिल्ला )

भौगोलिक विशेषता

गुलरिया नगरपालिका नदीको बेसिन क्षेत्रमाअवस्थित , मलिलो तथा सिंचित भुमि, तराइको सम्म भूभाग तथा पुर्व पश्चिम राजमार्गबाट नजिक रहेको शहर भावी विस्तारका लागि समेत सम्भावना बोकेको शहर हो | कर्णाली नदि प्रणालीको साखा नदीको रुपमा रहेको बबई बर्दिया राष्ट्रिय निकुन्ज हुदै यस नगरको पूर्वी सिमाना भएर बग्दछ | त्यसै गरि यस नगरको पश्चिम भागलाई सर्जु नदीले सिंचित गरेको छ |

हावापानी

गुलरियाको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियस रहेको छ भने औसत बार्षिक वर्षा १०५० मि.मि रहेको छ |